सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिकामा उत्कृष्ट शैक्षिक गन्तब्यको रुपमा जुपिटर सेकेन्डरी बोर्डिङ स्कुल पनि पर्दछ । २०५० सालमा स्थापित यस विद्यालयले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । विनोद सुब्बाले स्थापना गरेको यस विद्यालयमा २०५७ सालबाट नयाँ व्यवस्थापन आएपछि सोही व्यवस्थापनले हालसम्म विद्यालय सञ्चालन गर्दै आएको छ ।
२०५७ सालमा नयाँ व्यवस्थापनले विद्यालय लिँदै गर्दा १ सय ६८ जना विद्यार्थी रहेकोमा हाल यस विद्यालयमा एक हजार भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको प्रधानाध्यापक हरिशचन्द्र ढकालले बताए ।
विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुने गरेको छ । २०६१ सालबाट एसईई ९तत्कालीन एसएलसी० परीक्षामा सहभागिता जनाएको यस विद्यालयबाट हालै सम्पन्न २०७९ सालको एसईई परीक्षामा ६५ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ३ गछियामा रहेको यस विद्यालयमा शिक्षक शिक्षिका सहित ४८ जना कर्मचारी छन् । आधुनिक प्रविधिको नजिक रहेर अध्ययन अध्यापन गराउँदै आएको यस विद्यालयले विद्यार्थीको मनोविज्ञान अध्ययन गरेर आवश्यकताका आधारमा अध्ययन अध्यापन गराउने गरेको छ ।
विभिन्न विधाका अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले उत्तिकै सफलता हात पारेको छ । अनुभवी शिक्षक शिक्षिकाहरूबाट अध्यापन गराउने गरेको यस विद्यालयको भौतिक पूर्वाधार पनि सुविधासम्पन्न रहेको प्रधानाध्यापक ढकालले जानकारी दिए ।
विद्यार्थीको सिकाइलाई मध्यनजर गर्दे आवश्यकता अनुसार विभिन्न तालिमहरू सञ्चलन हुँदै आएकोमा आउने शैक्षिक वर्षमा यसलाई निरन्तरता दिइने भएको छ ।
प्रविधि प्रयोगबाट शिक्षण सिकाइ गर्दै आएको विद्यालयले पारिवारिक वातावरणमा पठनपाठन गर्ने गरेको छ । शिक्षणलाई व्यावहारिक बनाउने उद्देश्य लिएको यस विद्यालयले अतिरिक्त क्रियाकलापहरूमा पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको ढकालको भनाई छ ।


