इटहरी । पुर्वी नेपालमा शैक्षिक क्षेत्रमा महत्वपुर्ण  योगदान गर्दै आएको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीले विविद्य कार्यक्रम आयोजना गरेको छ ।

    विश्व आर्दश एकेडेमीले कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि शुभकामना सहित विदाई कार्यक्रमको आयोजना गरेको हो ।

एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षताम भएको कार्यक्रममा कक्षा १२का विद्यार्थीहरुलाई सफल शैक्षिक भविष्यको कामना सहित विदाई गरियो भने एकेडेमीले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेता तथा कक्षागत परिक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरियो । सोही अवसरमा चर्चित बालगायक प्रितम आचार्य, गायिका समिक्षा खवास, नेहा कार्की,  प्रियंका चौहानले सांगीतिक  प्रस्तुति साथै नृत्य प्रस्तुति  गरेका थिए । कार्यक्रममा  गणेश दुलाल, बिमल पौडेल, मोहन निरौला,  हरिप्रसाद खतिवडा लगायत बुद्धिजिबी समाजसेवी, अभिभावक, बिद्यार्थी को सहभागिता रहेको थियो । 
341962653_6193961167391642_2102020849675922882_n