नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहिरहने हो भने देश टाट पल्टिने दाबी गर्नु भएको छ  । राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरासमेत रहेको औँल्याउनुभयो ।

मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएकोतर्फ पनि सचेत गराउनुभयो । पूर्ण रुपमा अर्थतन्त्र ओरालो लाग्यो ,असफलतातिर लाग्यो भनेर प्रतिवेदन सार्वजनिक भएका छन । 

अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, आरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरि मुस्किल हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ ओलीको भनाई थियो । यस्तै ओलीले अर्थतन्त्र संकटमा भएकै कारण सरकारले स्थानीय तहमा जाने समपूरक बजेट ५० प्रतिशत कटौती गरेको पनि बताउनुभयो।