पथरी। मोरङको पथरीशनिश्चरे-०१ मा रहेको पथरी बहुमुखी क्याम्पसले आफ्नो १५ औं क्याम्पस सभा गर्ने भएको छ।
आज बुधबार पथरी बहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष राम कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी २२ गते क्याम्पस सभा गर्ने निर्णय गरेको हो। बैठकले क्याम्पस संचालक समितिलाई पुर्णता दिन नेकपा एकीकृत समाजवादीकी बिन्दु राई, नेकपा माओवादी केन्द्रका वेदनिधि खनाललाई सदस्यमा मनोनित गरेको छ।
यसै गरी,क्याम्पस संचालक समितिको पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ। जसमा पथरीशनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिप कुमार राईको संयोजकत्वमा पथरी शनिश्चरेकी पुर्व मेयर यमुना विष्ट वास्तोला, काँग्रेसका नगरसमितिका सभापति रूपनारायण भट्टराई र पर्शु कार्की, शिव प्रसाद तिमिल्सिना सदस्य पदमा चयन गरिएका छन् । सभामा संघीय संसदका सांसद् डा सुनिल शर्मा न्यौपाने, पूर्व प्रदेश मन्त्री जिवन घिमिरे, प्रदेश सांसद मान बहादुर लिम्बु, प्रदेश सांसद् गीता तिमिल्सिना, त्रिभुवन विश्वविद्यालयबाट ईयुसी अफिसर देवराज अधिकारी, लगायत अतिथिहरु उपस्थित रहने बताइएको छ।


