इटहरी : इटहरी उपमहानगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । वर्गीकरणको नतिजा प्रकाशन गरेसँगै उपमहानगरले जग्गाको कित्ताकाट खुलाएको हो ।

उपमहानगरपालिकाले स्थानीय राजपत्रमा नतिजा प्रकाशन गरेको हो । वर्गीकरणको नतिजा प्रकाशनसँगै इटहरीमा जग्गाको कित्ताकाँट खुलेको छ ।

भूउपयोग नियमावली २०७९ को नियम ५ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरेर इटहरी उपनगरपालिकाले गरेको जग्गाको वर्गीकरण गरेको हो ।

वर्गीकरणका लागि स्थानीय भूउपयोग परिषद् बनाइएको थियो । जसले कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, वन, सार्वजनिक, नदीखोला, साँस्कृतिक क्षेत्रमा जग्गाको वर्गीकरण गरेको छ ।

उपमहानगरपालिकाले प्रकाशन गरेको नतिजाअनुसार इटहरी नगर क्षेत्रभित्र आवासिय कित्ता ४१ हजार १५७ रहेका छन् ।

यस्तै, व्यवसायिक क्षेत्रका १७ हजार १६० वटा कित्ता छन् भने कृषिका जम्मा तीन हजार २८४ कित्ता रहेका छन् । औद्योगिक प्रयोजनका ३९२ कित्ता रहेका छन् ।