इटहरी । रोटरी क्लव अफ इटहरी र पुर्वाञ्चल बचत तथा ऋण सहकारी संस्था इटहरीले संयुक्त रुपमा आयोजनामा गरेको रक्तदान कार्यक्रममा ७०जनाले रक्तदान गरेका छन ।
मानव उपचारका लागि आवश्यक पर्ने रगत अभाव नहोस भन्ने उद्धेश्यले रोटरी क्लव अफ इटहरी र पुर्वाञ्चल बचत तथा ऋण सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ७०जनाले रक्तदान गरेका हुन ।

सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोग पुर्याएको थियो ।

त्यसै गरी श्री कृष्ण प्रणामी मन्दिर इटहरीलाई मन्दिर क्षेत्रको फोहोरमैला संकलनमा सहयोग पुर्याउने उद्धेश्यले रोटरी क्लव अफ इटहरीले १० थान डस्टविन उपलव्ध गराएको समेत अध्यक्ष पराजुलीले वताए । मन्दिरका लागि उपलव्ध गराईको डस्टविट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेम घिमीरेलाई हस्तान्तरण गरिएको जनाइयो ।


