सुनसरी : सुनसरी जिल्लामै पहिलो पाँचतारे स्तरको होटल सोल्टी ब्राण्डको सोल्टी वेस्टएन्ड इटहरीमा सञ्चालनमा आउने भएको छ । पाँचतारे होटलको सेवा सुविधा सहित सोल्टी होटेल्स एण्ड रिसोर्टसको ब्रान्डका रुपमा सोल्टी वेस्टएन्ड इटहरी वुधबारबाट सञ्चालनमा आउने भएको हो । होटल गरिमाको व्यवस्थापनको जिम्मा सोल्टीले पाएसँगै यो होटल सोल्टी वेस्टेण्ड इटहरी’ को नाममा संचालनमा आउन लागेको हो। 

पाँचतारे स्तरको सोल्टी वेस्टएन्ड इटहरीमा सञ्चालनमा आउने विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा गरिमा होटल प्राइभेट लिमिटेडको स्वामित्व तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त सुप्रशिद्ध सोल्टी होटेलको सम्बद्धनमा सोल्टी वेस्टएन्ड इटहरी सुनसरी जिल्लाको पहिलो पाँचतारे स्तरको होटेलका रुपमा सञ्चालनमा आउने जानकारी गराइयो । सोल्टी वेस्टएन्ड इटहरीमा आधुनिक सुविधा सम्पन्न ८० वटा अतिथि कोठाहरु र पाहुनाहरुलाई उत्कृष्ट आतिथ्य सेवाहरुको सुविधा दिने गरी आधुनिक सुविधा सम्पन्न रहेको समेत जानकारी गराइयो ।

IMG_2576

त्यसै गरी होटलमा अतिथीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै उर्जा प्रवाहका लागि सउना, स्पा सम्वन्धी सबै सेवाहरु अत्याधुनिक उपकरणहरुका साथ रहने तथा आउटडोर स्विमीगं पुल, वहुउद्धेश्यय सभा-सम्मेलन गर्ने सभाकक्ष, अतिथीहरुका लागि विभिन्न किसिमका प्याकेजहरु अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने उपाध्यक्ष सुदर्शन चापागाईँले जानकारी दिएका थिए ।कोसी प्रदेशमा फाइभ स्टार मध्ये तेस्रो होटेल हो । यस अघि झापामा २ वटा सञ्चालनमा आइसकेका छन् ।

FINALSVP01566-HDR-Edit

सो अवसरमा गरिमा होटेलका होटलका  सञ्चालक भिमवहादुर पौडेल, सिनेट रिजालले संचारकर्मीको जिज्ञासामा सहजीकरण  भएको  थियो  थियो ।

होटल सोल्टी लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाईँले होटेलले अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने जानकारी दिए । होटेलमा स्वीमिङपुल, साउना, स्पा, कार्यक्रम तथा सेमिनार हल, फिटनेस सेन्टरलगायतका सुविधा छ । होटेलले उद्घाटनको अवसरमा विशेष छुट सुविधा समेत दिएको छ । 


IMG_2577