विराटनगर : विराटनगर केही दिनदेखि अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण विराटनगर महानगरपालिकाले विद्यालयहरुमा विदा दिने निर्णय गरेको छ ।
महानगरले बिहीबार र शुक्रबार महानगरमा रहेका सबै सरकारी र संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको विराटनगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । साउन महिनाको बर्खे विदाबाट कट्टा हुनेगरी विदा दिइएको हो ।
अत्यधिक गर्मीले केही दिनदेखि दिउँसो बाहिर हिँडनसमेत हम्मेहम्मे परेको छ भने बजारमा किनमेल गर्नेको चापसमेत कम भएको छ । बुधबार विराटनगरको अधिकत्तम तापक्रम ४१ डिग्री छ ।


