खोटाङ । बाल यौन दुरुपयोगमा पक्राउ परेका कृषि विज्ञ मदन राई सोमबार घरौटीमा छुटेका छन् ।आफैले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालतबाट चार लाख धरौटीमा छुटेका हुन् ।

जिल्ला न्यायाधीश सुभाषबाबु पुरीको एकल इजलासले मुद्दा फैसला नभइन्जेलसम्मका लागि धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रोमन अर्यालले बताए । फाउन्डेसनमा भने राईलाई जान रोक लगाइएको छ ।

जेठ २१ गते सरकारी वकिलको कार्यालयले अदालतमा बालयौन दुरुपयोग अभियोग पत्र दायर गरेको थियो ।