इटहरीको कस्तुरी कलेजमा गणित शिक्षकहरूको एक दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा कोशी प्रदेशका सस्थागत एबं सामुदायिक विद्यालयका आधारभुत तह तथा माध्यमिक तह अध्यापन गराउने करिब ३ सय शिक्षकहरुको उपस्थिति रहेको थियो । पछिल्लो समय प्रबिधिको बड्दो प्रयोग सङै आधुनिक तवरबाट पठनपाठन सुरु भएको छ । यश संगै पुरानै शैली बाट पठनपाठन गराउदा विद्यार्थीहरुले कम मात्रामा सिक्ने र सिकाइमा ढिलाइ हुने हुदा यस्ता कार्यक्रमहरुले विध्यार्थीको पठनपाठनमा शिक्षकलाई सघाउ पुग्ने अपेक्षा रहेको सहभागीहरुले बताएका छन ।
सम्मेलनले गणितको अनुसन्धानलाई टेवा पुर्याउनुका साथै कोशी प्रदेशका गणित बिषयका शिक्षकलाई नविनतम् विधि र पद्धतिको बारेमा तालिम अध्ययन र अनुसन्धानका विषयमा सहयोग पुर्याउने ब्यबस्थापन संयोजक तथा गणित शिक्षा परिषद् कोशी प्रदेशका सल्लाहकार दण्डपाणी गौतमले बताए ।

सम्मेलनमा नेपाली गणित शिक्षकहरुले अन्तरराष्ट्रिय मञ्चमा आफ्नो धारणा राखेका थिए भने सम्मेलनबाट गणित विधामा विश्वव्यापीरूपमा भइरहेका अध्ययन अनुसन्धानबारे गणित शिक्षक परिचित हुने र देशभित्र भइरहेका अध्ययन अनुसन्धान अन्तरराष्ट्रिय जगतमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रम गणित शिक्षा परिषद् केन्द्रीय समिति, त्रिभुवन विश्वविद्यालय गणित बिभाग र गणित प्रकार संयुक्त राज्य अमेरिकाको संयुक्त आयोजनामा गरिएको हो । यस्तै युनिक एजुकेसन पब्लिसर प्राली, एलाइड पब्लिकेशन प्राली र इटहरी उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको थियो।

यस्तै अमेरिकादेखि आउने गणितिज्ञहररूले २ दिनसम्म इटहरी आसपासका केही विद्यालयहरूमा कक्षामै गएर शिक्षण गर्ने प्रदेश समिति सदस्य जनक ढकालले बताएका छन ।



