बराहक्षेत्र / सुनसरीको बराहक्षेत्रमा छ दिने आवसीय आधनरभूत तालिम सुरु भएको छ।शिक्षा युवा तथा खेलकुद शाखा बराहक्षेत्र नगरपालिकाको आयोजनामा उक्त तालिम सुरु भएको हो।
नेपाल स्काउट स्थानीय स्काउट कार्यलय बराहक्षेत्रले पहिलो पटक विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरुकालागि बि.टि.सि ५४१ तथा पि.टि.सि ३९८ को तालिम गराएको हो। जडेजमा मावि मा राखिएको उक्त तालिमको उदघाटन समारोह जडेज मा वप का प्रधानाध्यापक हिरामणी पौडेलको सभाध्यक्षता र बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्द कुमारी सुनुवारको प्रमुख आतिग्यमा राखिएको थियो।उक्त तालिमले असल नागरिक बन्न,सकरात्मक मार्गतिर लम्कन,आत्मानुशासन बन्न,आत्मनिर्भर हुन र राष्ट्र,राष्ट्रियताप्रति अपनत्व भाव राख्न सक्ने नागरिक बन्न सक्ने आयोजकले जनाएको छ।शिक्षक शिक्षिकाहरुलाई तालिम प्रदान गरेपछि स्काउटका सदस्य हुन सक्ने र आफूले अध्यापन गराइरहेको विद्यालयमा ११ वर्षदेखि १५ वर्षका नानीहरुलाई स्काउट क्लव तथा समूह बनाउन सक्ने र एउटा असल नागरिक बन्न मद्दत पुग्ने लक्ष्य लिएको छ। तालिममा समूह समूह विभाजन गरि बिहान रजिङ्ग,पिटि खेलाई कक्षा सञ्चालन हुने भएको छ।जेठ ३० गदेखि असार ३ गतेसम्म चल्ने तालिमका मुख्य प्रशिक्षक राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्य र निर्मला अधिकारी रहेका छन् भने सहायक प्रशिक्षकका रुपमा चन्द्रकलन प्रधान रहेको आयोजकले जनाएको छ।उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि दृबेन्द्र बहादुर मल्ल कोशी प्रदेश स्काउटर हेमन्त भण्डारी,नवराज घिमिरे,देबेन्द्र विष्ट,बालकृष्ण राई लगायतको उपस्थिति रहेको थियो। 

जडेज मा विलाई आवसीय बनाई राखिएको कार्यक्रममा तालिम लिन खोटाङ, भोजपुर, मोरङ र सुनसरीका विभिन्न विद्यालयबाट प्रतिनिधित्व गर्दै ४५ शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ।उक्त तालिम असार ३ गते समापन हुने आयोजकले जनाएको छ।


