सुन्दरहरैचा / सुन्दरहरैचा नगरपालिका वडा नं. ४ मा योजना तर्जुमा तयारी बैठक सम्पन्न भएको छ । आगामी आर्थिक वर्षको २०८०/८१ का लागि योजना छनौटको तयारीमा रहेको सुन्दरहरैचा नगरपालिका  वडा नं ४ ले आवश्यकता र प्राथमिकतालाई जोड दिँदै योजनाहरू सिफारिस गर्न सुझाव संकलन गरिरहेको छ ।  

         यस क्रममा वडा अध्यक्ष कैलास बस्नेतको नेत्रित्वमा   वडाका जनप्रतिनिधि र कर्मचारी हरुसंग सहकार्य गरि योजना छनौटको प्रक्रियालाई सहभागितामुलक बनाउँदै आम सरोकारवालाहरुको राय र सुझाव अनुसार योजनाहरू छनौट गर्न  लागिरहेका छन् ।

टोल स्तरमा योजना बैकको निर्माण गरी साना ठुला सबै योजनाहरूलाई एकीकृत गरी आगामी आर्थिक बर्षमा काम गर्ने वडा सदस्य गणेश गुरागाई  को भनाई छ ।

वडा नं.४ का सबै टोल बिकास सस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि साथै  बालक्लबका प्रतिनिधि हरु संगको छलफलमा आगामी वर्षका लागि योजनाहरूको तयारी सहित हाल वडामा चलिरहेका र सम्पन्न भैसकेका योजनाहरूको प्रगतिका बारेमा समेत छलफल भएको वडा सचिब अनिल पोख्रेलले बताएका छन । त्यस्तै अन्य  राजनितिक दलका प्रतिनिधिहरुले  वडाले संघ संस्था तथा राजनितिक दल हरूसंग यसरी राय सुझाव लिने कार्य गरेकामा खुसि ब्यक्त गर्दै आगामी दिनमा सबै योजना सबैको सहकार्यबाट अघि बढाउन सुझाव दिएका छन ।

शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, पार्किङ व्यवस्थापन, सहरी सौन्दर्यीकरण लगायतका विषयहरूमा छलफल भएको कार्यपालिका सदस्य दुर्गा पोखरेलले  बताइन।