इटहरी / सुन्दरहरैंचा नगरपालिकाको चौथो नगरसभा १ अर्व ८ करोड ७७ लाखको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट सुन्दरहरैंचा नगरपालिका सभाकी उपध्याक्ष धनमाया तामाङले प्रस्तुत गरेकी हुन् ।


 नगरप्रमुख शिवप्रसाद ढकालको सभाध्यक्षतामा भएको नगरसभाबाट नगरले ३६ वटा महत्वपुर्ण बजेटका योजनाहरु पारित  गरेको छ । आगामी वर्ष २०८०/८१ को बजेट सुन्दरहरैचा नगरपालिकाले १ अर्व ८ करोड ७७ लाख ८० हजार अनुमानित बजेट विनियोजन गरेको छ । 

0faf6a8d4437b3f7d87e08f1d6c41691.0

निति तथा बजेट पेशमा धार्मिक क्षेत्र , सामुदायिक विद्यालय , सामुदायिक वन , पर्यटन स्थल , यातायात तथा सडक , स्वास्थ ,शिक्षा युवा तथा  खेलकुद , प्रविधि , खानेपानी , ऐतिहासिक क्षेत्र, , कृषि विकास ,सामाजिक विकास ,अपाङ्गता, जेष्ठ नागरिक , सुचना संचार , यातायात तथा भौतिक पूर्वाधार निर्माण जस्ता विषयमा निति तथा  बजेटमा पेश गरिएको छ ।


नगरपालिकाले नेपाल सरकारबाट जारी स्थानिय तह सञ्चालित कोष प्रणालि सफ्टवेरबाट वार्षीक बजेट तथा कार्यक्रम , रेडबुक बिनियोजन ऐन समेत तयार गरी नगर सभामा पेश गरेको हो ।


हाल सम्म नगर क्षेत्रमा विद्युत सेवाबाट बञ्चित भएका नगर बासीहरुलाई विधुत सेवा उपलब्ध गराइ नगरलाई अन्धकार मुक्त बनाउन बैकल्पिक उर्जा कार्यक्रम समेतको माध्यमबाट नगर प्रमुख सुन्दरहरैचा उज्यालो कार्यक्रम सञ्चालन गर्ने बजेटमा पेश गरिएको छ ।


कृषि क्षत्रको विकासको लागि कृषि पकेट क्षेत्र घोषण गर्ने,विभिन्न कार्यक्रम सञ्चालन हुने साथै आर्ग्निक तरकारी खेतिलाई विशेष  प्राथमिकता दिइ प्रति बिगाह रु १ लाख समको अनुदानको व्यबस्था गराउन बजेट छुट्टाएको छ ।


निर्बाहमुखि कृषि प्रणालिलाइ व्यबसाइकरणा गर्नका लागी उन्नत बिउ बिजन, मलखाद कृषि सामाग्री औजारको व्यबस्थामा ५० देखि ८० प्रतिशत सम्म अनुदानको व्यबस्था गर्ने सभाकी उपध्याक्ष धनमाया तामाङले प्रस्तुत बजेट पेश गरेको हुन् ।

8ad1ba015c1ba0df59cb3e6ecb719b4f.0