इटहरी / भोजपुर नगरपालिकाको ८ औं नगर नगरसभाले २०८०/०८१ को वार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
नगरसभाले ६३ करोड १० लाख १६ हजार ६ सय
बरावरको भोजपुर नगरपालिकाको प्रस्तावित वार्षिक बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्ररसाद ढुङ्गेलले जानकारी दिए ।
गत साल २०७९/०८० को बजेटको सातौँ नगरसभामा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले आगामी ६२ करोड १३ लाख १३ हजार बरावरको वार्षिक बजेट सार्वजनिक गरेका थिए ।
“शिक्षा, स्वास्थ्य, कृषि र पुर्वाधार–नगर विकासको मूल आधार” भन्ने मुल नाराका साथ नगरले बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशुपालन, सहकारी, पर्यटन,औद्योगीकरण, सुशासन एंव न्याय सम्पादन लगायत विषयलाई प्राथमीकतामा राखेर नगर प्रमुख कैलाश कुमार आलेले सभामा पेश गरेको निति तथा कार्यक्रम र बजेट पास भएको हो ।
नगरले संघको ५५ करोड १७ लाख, प्रदेशको ३ करोड ९४ लाख र स्थानीय तहको ४ करोड गरी कुल ६३ करोड १० लाख १६ हजार ६ सय रुपैया बराबरको अनुमानीत बजेट पास गरेको हो ।
स्वस्थ्य घर, स्वस्थ्य नगर अभियान सञ्चालन गरी नगरको स्वास्थ्यक्षेत्रको सुदृढिकरणमा विशेष चासो गर्ने , जनताको आधारभुत स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, वडा स्तरमा वर्थिङ सेन्टर स्थापना गरी मातृशिशु स्वास्थ्यको कार्यलाई विशेष ध्यान दिने, निःशुल्क भिडियो एक्सरे, नगर क्षेत्रभरीका ७० बर्ष माथीका वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी महिलालाई अस्पताल आउन निःशुल्क एम्बुलेन्स कार्यक्रमलाई निरन्तरता, पाठेघर खसेको महिलाहरुलाई वडास्तरमा नै खोज तथा व्यवस्थापन गर्ने लगाएत विषय बजेटमा समेटिएको छ ।
देशव्यापी रूपमा स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सहितको बजेट असार १० गतेभित्र नगर सभामा पेस गर्नुपर्ने र असार महिनामै पास गर्नुपर्ने व्यवस्था रहेको छ।


