सुनसरी : झुम्कामा अंगदान पुनर्जिवन दान आयोजित कार्यशाला सम्बन्धि कार्यक्रम हुने भएको छ ।
झुम्काको साई हस्पिटलमम पत्रकार सम्मेलन गर्दै साई हस्पिटल प्रा.लि. को आयोजना र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा यहीँ असार २२ गते शुक्रबार झुम्काको कल्पबृक्ष पार्टी प्यालेसमा अंगदान पुनर्जिवन दान आयोजित कार्यशाला कार्यक्रम हुने भएको छ ।
मानिसलाई रगत दान सँगै जिवनका लागि आवश्यक पर्ने अंग दान पनि आवश्यक पर्ने हुन्छ । मानिसको मृत्यु पछि डढेर तथा गलेर जाने हाम्रो शरिरको अगलाई दान गरेर कसैलाई नयाँ जिवन दिन सकिन्छ अगहरु जस्ताको तस्तै दान गर्न योग्य हुन्छन् । हामीले कतिपय जिवित रहँदा अर्थात मृत्यु पुर्व गरिने अंगदान र मृत्यु पश्चात गरिने अगदानको विषयलाई समेटेर कोशी प्रदेशको रामधुनी नगरपालिका झुम्कामा अन्तक्रिया तथा बृहत अंगदान कार्यक्रम आयोजना गर्न लागिएको साई हस्पिटल प्रा.लिका डाक्टर तथा कार्यक्रम संयोजक डिल्लीराम भण्डारीले बताए ।
फोक्सो ,सानो आन्द्रा , कलेजो ,अग्नाशय , छाला ,आँखा , मृगौला जस्ता अंग इच्छापत्र हस्ताक्षर कार्यक्रम हुने भएको हो । कार्यक्रममा जिवित रहँदा तथा मृत्यु पर्यन्त पनि कुन कुन अंगहरु दान गर्न सकिन्छ भनेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ को उपस्थितीमा हुने कार्यक्रममा सुनसरी, मोरङ तथा आसपासका क्षेत्रबाट दुई बढीको उपस्थिती रहने अनुमान गरीएको कार्यक्रम संयोजक भण्डारीले बताए ।

