सुनसरी / झुम्कामा अन्तरक्रिया तथा बृहत अंगदान सम्बन्धि हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
अंगदान जिवन दान अर्थात अंगदान जस्तो मानविय काम अहिलेको सन्दर्भमा निकै सान्दर्भिक हुने अभिप्रायले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहिद धर्मभक्त राष्ट्रीय प्रत्यारोपण केन्द्रको प्राबिधिक सहयोग साई हस्पिटल प्रा.ली. र ओखती सोलुसन प्रा.ली. को आयोजनामा अंगदान कार्यक्रम सम्पन्न भएको हो । फोक्सो ,सानो आन्द्रा , कलेजो ,अग्नाशय , छाला ,आँखा , मृगौला जस्ता अंगको इच्छापत्रमा हस्ताक्षर ५३ गरेर जनाले अंग दान गरेका छन् ।
अंगको अभावमा कतिपय जिवनहरु कारुणि अवस्थामा रहेको तथा ज्यानै गइरहेको अवस्था जगजाहेरै छ । अंगहरु जस्ताको तस्तै दान गर्न योग्य हुन्छन् । हामीले कतिपय जिवित रहँदा अर्थात मृत्यु पुर्व गरिने अंगदान र मृत्यु पश्चात गरिने अंगदानको विषयलाई समेटेर झुम्काको कल्पबृक्ष पार्टी प्यालेसमा अन्र्तक्रिया तथा बृहत अंगदान कार्यक्रम गरिएको हो ।
हामी बिमा गरे सँगै अंग दान गर्न आवश्यक रहेको छ । मानिसको मृत्यु पछि डढेर तथा गलेर जाने हाम्रो शरिरको अंगलाई दान गरेर कसैलाई नयाँ जिवन दिन सकिन्छ भने अंग दान आवश्यक रहेको रामधुनि नगरपालिकाका नगर प्रमुख शंकर लाल चौधरीले बताए ।
नेपालमा करिब २२ हजारले अंग गरिसकेका छन् । कोही पनि व्यक्तिलाई अंग आवश्यक परेको बेला पाउनु पर्ने अंग नपाएर मृत्यु हुने अवस्थामा नहोस अंग दान गरेउ भने आगामी मानिसलाई सजिलो हुनका लागि अंग दान गरिएको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रमुख अथिति डा. पुकार चन्द्र श्रेष्ठले बताए ।

कार्यक्रममा विशिष्ट अथिति रामधुनि नगरपालिकाका नगर प्रमुख शंकर लाल चौधरी, साई हस्पिटल प्रा.ली. का प्रबन्दक निर्देशक दुर्गा प्रसाद फुयाल , अथिति हेम प्रसाद घिमिरे र सुनसरी, मोरङ्ग इटहरी लगाएतका व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम समापन भएको हो ।


