सुनसरी / इटहरि ५ मा रहेको ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को विज्ञान संकायमा भर्ना खुलाएको छ ।
एसईई परीक्षाको नतीजा सार्वजनिक भएसँगै इटहरि ५ मा रहेको ज्योति माविले कक्षा ११ विज्ञान संकायमा भर्ना खुलाएको छ । पछिल्लो समय विद्यार्थी र तिनका अभिभावक कक्षा ११ को पढाइका लागि राम्रा उच्चमाविको खोजीमा छन् ।
अभिभावकले आफ्ना छोराछोरीको चाहनालाई साथ दिँदै अहिले आफै पनि कुन विषय पढ्दा राम्रो हुने र अध्ययनपछि रोजगारीको सम्भावना कस्तो छ भन्ने परामर्शमा पनि जुटिरहेका छन् । एसईईमा ल्याएको ग्रेडिङभन्दा पनि कक्षा १२ को ग्रेडिङ र विषयले धेरै महत्त्व राख्छ ।
विज्ञान र प्रविधि पढेका विद्यार्थीले पढाइलगत्तै नेपालका साथै विदेशमा पनि रोजगारी पाउने सम्भावना धेरै छ । विज्ञान विषयमा पनि मेडिकल साइन्स, इञ्जिनीयरिङ, कम्प्युटर साइन्स र अन्य विषयगत क्षेत्र छन् । यसै कुरालाई मद्यनजर गर्दै अघिल्लो वर्ष पनि कक्षा ११ को बिज्ञान संकायमा उत्कृस्ट नतिजा ल्याउन सफल इटहरीको ज्योति माविले यस शैक्षिक सत्रमा पनि कक्षा ११ मा भर्ना खुलाएको विद्यालयका प्रधानध्यापक चिरञ्जीवी भट्टराईले बताए ।
कक्षा ११ मा पढ्नयोग्य भएका विद्यार्थी र अभिभावकले धेरै पक्षमा ध्यान दिनुपर्नेे हुन्छ । पढ्ने विद्यार्थीले आफू भविष्यमा गएर कुन विषयमा दक्ष हुने र कस्तो पेशा अपनाउने भन्नेमा निश्चय गर्नुपर्छ । अभिभावकले पनि केही कुरामा विचार पुर्याउनु आवश्यक रहेकाले ज्योति मावि विज्ञान संकाय तर्फ उत्कृस्ट रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षले बताए ।


