भोजपुर / भोजपुरको अरुण गाउँपालिका वडा नम्बर - ३ प्याउलीमा रहेको शारदा माध्यामिक विद्यालयलाई भारतीय दूतावासले बस सहयोग गरेको छ ।  टाढाको दुरीबाट आउने बिद्यार्थीहरुको सहजताका लागि विद्यालयले बस पाएको छ ।


नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रेक्टर डाक्टर लोचन कार्कीको पहल गरेर भारतीय दुतावासको सहयोगमा शारदा माध्यामिक विद्यालयले अब देखि बस सञ्चालन गर्ने सेवा पाएको छ । डा.कार्कीले पहल गरेर केही अघि देखि  प्याउलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले एम्वुलेन्स समेत पाएको थियो ।


बस सहयोग पाउने भएपछि बस लिन बिद्यालयको तर्फबाट गुणराज खनाल र मनोज राईलाई काठमाण्डौ पठाइएको बिद्यालयका प्रधानाध्यापक श्याम सुन्दर साहले बताए । २००९ सालमा स्थापना भएको बिद्यालयलाई नमुना विद्यालय बनाउने उद्धेश्यका साथमा शैक्षिक गतिबिधी हुदै आई रहेको विद्यालयले जनाएको छ ।