सुनसरी / इटहरीको सुष्मा गोदावरी कलेजमा विद्यार्थीको आकर्षण र अभिभावको पनि रोजाइ परेको छ ।
उच्च शिक्षाका लागि महत्त्वपूर्ण आधारका रूपमा रहने कक्षा ११ र १२ को उपलब्धिले विद्यार्थीको शैक्षिक भविष्य निर्धारण गर्ने भएकाले यस विद्यालय छनोट धेरै महत्वपूर्ण छ । इटहरीस्थित सुषमा कलेज विगतका बर्षहरूमा उत्कृष्ट नतिजाह ल्याउन सफल, योग्य तथा दक्ष जनशक्तियुक्त र प्रविधियुमैत्री बिद्यालय / कलेज रहेको छ ।
कक्षा ११ र १२ मा विज्ञान तथा व्यवास्थापन विषयका कक्षा सञ्चालन गर्दै आएको छ । कलेजले इटहरीमै पहिलो पटक व्यवस्थापन समूहभित्र होटल म्यानेजमेन्टको कक्षा पनि सञ्चालन गर्दै आएको छ ।
अध्ययनसँगसँगै आफु भित्रको प्रतिभालाई अतिरिक्त क्रियाकलाप तथा सहशैक्षणिक क्रियाकलापका माध्यमबाट बाहिर ल्याउन विशेष प्रोत्साहन सुषमामा गरिन्छ । सव ओभरसियर लगायत व्याचलरमा भने वि.वि.एस, र विएस्सी सिएस्आइटीका कक्षाहरु पनि कलेजमा सञ्चालन हुँदै विद्यालयका प्रधानध्यापक भोजराज न्यौपानेले बताए ।
सुषमा गोदावरी कलेज देशकै उत्कृष्ट नतिजा ल्याउने कलेजहरुमा पर्ने गरेको छ भने एमविविएस र इन्जिनियरीङ अध्ययनका लागि तयारी कक्षा समेत सञ्चालन गर्न थालेपछि यस क्षेत्रका विद्यार्थी धेरैले नाम निकाल्न सफल हुदै आएको कलेजले जनाएको छ ।
पारिवारिक वातारवरण भएको अनुशासित रुपमा पठनपाठन गराउने टपटेनमा पर्ने विद्यार्थीहरुलाई अक्षयकोषका माध्यमबाट छात्रावृत्ति प्रदान गर्ने लगायतले अभिभावकहरुलाई सहज वनाउने देखि लिएर उत्कृष्ट पठन पाठन गराउने गरेको प्रधानध्यापक न्यौपानेले बताए ।
विगतमा उत्कृष्ट नतिजा निकालेको सुष्षमा कलेज इटहरी पूर्वी नेपालमा मात्र नभएर नेपालका उत्कृष्ट कलेज मध्येमा पर्दछ ।

