सुनसरी / इटहरीको सरस्वती माध्यमिक विद्यालय विद्यार्थीको आकर्षण र अभिभावको पनि रोजाइ परेको छ ।
उच्च शिक्षाका लागि महत्त्वपूर्ण आधारका रूपमा रहने कक्षा ११ र १२ को उपलब्धिले विद्यार्थीको शैक्षिक भविष्य निर्धारण गर्ने भएकाले यस सामुदायिक विद्यालय छनोट धेरै महत्वपूर्ण छ । इटहरी - ३ स्थित यस बिध्यालय विगतका बर्षहरूमा राम्रो नतिजा ल्याउन सफल, योग्य तथा दक्ष जनशक्तियुक्त र प्रविधि मैत्री बिद्यालयमा कक्षा ११ र १२ मा शिक्षा तथा व्यवास्थापन विषयका कक्षा सञ्चालन गर्दै आएको छ ।
शैक्षिक सत्र २०७९ मा कक्षा ११ उत्तिर्ण गर्ने सम्पुर्ण विद्यार्थीहरूलाई छात्रवृत्ति दिलाउन सफल इटहरीकै सुन्दर सान्त वातावरणमा सन्चालित विद्यालयमा अध्ययन सँगसँगै आफु भित्रको प्रतिभालाई अतिरिक्त क्रियाकलाप तथा सहशैक्षणिक क्रियाकलापका माध्यमबाट बाहिर ल्याउन विशेष प्रोत्साहन गरिरहेको विद्यालयका प्रधानध्यापक लेखनाथ भट्टराईले बताए ।
नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा मिति २०७९ मा कार्य सम्पादन परीक्षण भई इटहरी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरु मध्य व्यवस्थापकीय शैक्षिक सुधारमा उत्कृष्ट नतीजा ल्याएर पुरस्कृत प्राप्त भएको हो ।
सफल तथा देशकै आवश्यक मानिएको छोरी बुहारी शिक्षा अभियान ल्याएर समाजको मन जित्न सफल, पारिवारिक वातारवरण भएको अनुशासित रुपमा पठनपाठन गराउने विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गराउने लगायतले अभिभावकहरुलाई सहज वनाउने देखि लिएर उत्कृष्ट पठन पाठन गराउने गरेको प्रधानध्यापक भट्टराईले बताए ।
उनका अनुसार गरिब, दलित, जेहेन्दार, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, असहाय लगायतका छात्र छात्राहरूलाई पूर्णदेखि आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको भट्टराईले बताए ।
नियमित पढाइका अतिरिक्त विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ । यसले गर्दा विद्यार्थीमा भएका प्रतिभा प्रष्फुटित हुने अवसर मिल्ने अनुभव कलेजको छ । विभिन्न समयमा हुने खेलकुद प्रतियोगितामा सहभागी भएर विद्यालयमा विद्यार्थीले सफलता हासिल गरेका छन् । सांस्कृतिक र अन्य कार्यक्रममा पनि विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने गरेका छन् ।


