सुनसरी / महोत्तरीको सम्सीमा स्वास्थ्य संस्था ब्यवस्थापन तथा संचालन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।


सम्सी गाउँपालिकाको आयोजना तथा एकिकृत ग्रामिण विकास समाज महोत्तरी र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा गत असार ३१ गतेबाट शुरु भएको तालिम आज सम्पन्न भएको हो ।


समापनको अवसरमा बोल्नु  सम्सी गाउँपालिका वडा नं. ३ का अध्यक्ष शेख अतिकुर रहमानले स्वास्थ्य संस्थालाई सेवामुखी बनाउने बताए । यसैगरी सम्सी गाउँपालिकाका स्वास्थ्य संयोजक संजय कुमार यादवले स्वास्थ्य संस्थाले सेवाग्राहीलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नु पर्ने बताए । सो अवसरमा सम्सी गाउँपालिका वडा नं. ५ का अध्यक्ष कैलाश यादवले समेत मन्तव्य व्यक्त गरेका थिए ।


सम्सी गाउँपालिका अन्तर्गत बैरगिया स्वास्थ्य चौकी, गैडा भेटपुर स्वास्थ्य चौकी र पोखरभिण्डा स्वास्थ्य चौकीको स्वास्थ्य ब्यवस्थापन समितिका २२ जनाको सहभागिता रहेको उक्त तालिमको सहजीकरण सम्सी गाउँपालिकाका स्वास्थ्य संयोजक संजय कुमार यादव र पर्सा स्वास्थ्य चौकी इन्चार्ज सुखचन्द्र यादवले गरेका थिए ।


सो ३ दिने तालिममा स्वास्थ्य संस्थाको ब्यवस्थापनलाई कसरी चुस्त सुस्त ब्यवस्थित बनाउने, स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवालाई कसरी प्रभावकारी बनाउने जस्ता विषयमा छलफल भएको स्वास्थ्य संयोजक यादवले जानकारी दिए ।महोत्तरी