सुनसरी / इटहरीको कोसी सेन्ट जेम्स सेकेन्डरी बोर्डिङ स्कुल पनि इटहरी र आसपास क्षेत्रका विद्यार्थी अनि अभिभावकको रोजाइको स्कुल हो । २०५३ सालमा स्थापित यस विद्यालयले इटहरीको शैक्षिक विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएको छ ।
२०६१ सालमा नयाँ व्यवस्थापन आउँदा विद्यालयमा २ सय ४० जना विद्यार्थी रहेको विद्यालयका सिइओ शशी श्रेष्ठले जानकारी दिए । हाल विद्यालयमा १३ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
सुन्दर प्रयोगशाला र पुस्तकालय उत्कृष्ट र अनुभवि शिक्षक - प्राध्यापकहरुद्वारा अध्यापन गराउने भएकोले पनि आकर्षण बढेको हो । विद्यार्थीहरु कोसीमा धेरै रमाइ रमाइ पढ्ने र गौरवको अनुभूति रहेको छ । कम्प्युटर प्रयोगशालामा एकै पटक ४० जना विद्यार्थीहरु अट्ने ठाउँ रहेको छ । लाइब्रेरीमा एकै पटक ५० जना विद्यार्थीहरु शान्त भएर साहित्य, विज्ञान, प्रविधि, व्यवस्थापन, शिक्षा क्षेत्रमा पुस्तकहरु पढ्न सक्छन् ।
अङ्ग्रेजी र नेपाली दुवै माध्यमा पढाइ हुने यस कलेजबाट पास भएका विद्यार्थीहरु आज चार्टर्ड एकाउन्टेन्ट, बैंकर, प्राध्यापक तथा अनेक संस्थाहरु हाक्ने व्यक्तीत्व विकास गरि उच्च व्यवसायिक जिवन यापन गरिरहेको छ ।
साथै स्कुल तथा कलेजमा खेलकुद, सौन्दर्य प्रतियोगिता, हाजिरी जवाफ, वक्तृत्वकला, नृत्य, समाजसेवा हेर्ने एउटा छुट्टै विभाग छ भने विद्यार्थीको मेडल वा प्रतिभा तथा आचरण वा अनुशासनमा समेत जोड दिने गरिएको छ । देशका ख्यातिप्राप्त सङ्गीतकार, कवि, लेखक, बैंकर, कलाकार, बैज्ञानिक, प्राध्यापक आदिलाई विशेषरुपमा निमन्त्रणा गरेर विद्यार्थीहरुसित अन्तरक्रिया गराउने गरेको विद्यालयले जनाएको छ ।
कोसीको विशिष्टता अनुशासन र निरन्तर शैक्षिक उत्कृष्टता भन्ने मूल नारा रहेको यस विद्यालयले अनुशासनलाई प्राथमिकतामा राखेर शिक्षण सिकाइ गर्ने गरेको छ । विद्यालयले अनुशासनसँगै नेपालीपन, मर्यादा, संस्कार लगायतका विषयहरूलाई विशेष जोड दिएको छ । समयसापेक्ष प्रविधिहरूको प्रयोगबाट शिक्षण सिकाइ गरिने यस विद्यालयले स्थापनाकालबाटै उत्कृष्ट नतिजा निकाल्न सफल हुँदै आएको छ ।
भरखरै सम्पन्न एसईईमा कोसी सेन्ट जेम्स सेकेन्डरी बोर्डिङ स्कुलबाट १ सय १ जना सहभागी रहेको सिइओ श्रेष्ठले जानकारी दिए । विद्यालयले ब्रिटिस काउन्सिलको इन्टरनेश्नल अवार्ड समेत प्राप्त गर्न सफल भएको छ । विद्यार्थीलाई अभ्यासका मध्यमबाट सहज ढङ्गले व्यवहारिक शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ सोही नियमलाई पछ्याएर विद्यालय अघि बढेको छ ।
अनुभवी शिक्षक शिक्षिकाको व्यवस्था रहेको यस विद्यालयमा समय समयमा आवश्यकताका आधारमा शिक्षक शिक्षिकाहरूलाई विषयगत तालिम समेत प्रदान गर्ने गरिएको छ ।
हरेक विषयको शिक्षण सिकाइ क्रियाकलापको भिडियो रेकर्ड गर्ने गरिएको जानकारी दिँदै सिइओ श्रेष्ठले भिडियोका कारण शिक्षक शिक्षिकाले सजकताका साथ अध्ययन अध्यापन गर्नुका साथै कुनै पनि शिक्षक नयाँ आएको अवस्थामा सोही भिडियो देखाउँदा विद्यालयको शिक्षण सिकाइ प्रक्रियामा भिज्न सहज हुने उनको भनाइ छ ।
सुलभ शुल्कमा उत्कृष्ट शिक्षा प्रदान गर्नु नै विद्यालयको उद्देश्य रहेको सिइओ श्रेष्ठ बताउँछन् । उनका अनुसार प्रि प्राइमरीका विद्यार्थीका लागि छुट्टै स्कुल बसको व्यवस्था गरिएको छ भने शिक्षिकाहरूको पनि छुट्टै व्यवस्था छ । अतिरिक्त कृयाकालापमा पनि उत्कृष्ट नतिजा निकाल्न सफल यस विद्यालयले प्रत्येक विषयको छुट्टाछुट्टै विषयगत शिक्षकको व्यवस्था गरेको छ ।
यहीँ शैक्षिक सत्रबाट विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै छुट्टै नर्सको व्यवस्थापन गर्ने र शिक्षण प्रमाणपत्र दिँदा अभिभावकलाई स्वास्थ्य प्रमाणपत्र समेत दिने तयारी गरिएको छ भने अभिभावक तथा विद्यार्थीको गुनासो सुन्न साथै समस्याहरूको समाधानका लागि हटलाइेन नम्बरको व्यवस्था गर्ने तयारी समेत यसै शैक्षिक वर्षबाट सुरु गर्ने तयारी गरिएको छ ।
शिक्षण सिकाइ प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले कोसी सेन्ट जेम्स सेकेन्डरी बोर्डिङ स्कुलले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा पनि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
विभिन्न कार्यक्रमका लागि आफ्नै सेमिनार हल तयारी गरिएको छ भने ब्रिटिस काउन्सिल अन्तर्गत रहेका विभिन्न मुलुकका विद्यालयहरूसँग सहकार्य गरेर शिक्षण सिकाइलाई प्रभावकारी बनाउने तयारी गरिएको छ ।

