सुनसरी / छात्रवृत्तिको विवरण नबुझाउने बिर्तामोडका १२ वटा संस्थागत विद्यालयलाई नगरपालिकाले कार्वाही गर्ने भएको छ ।
नगरपालिकाको शिक्षा शाखाले बुधवार सूचना प्रकाशन गरी सात दिनभित्र अनिवार्य विद्यालय व्यवस्थापन समितिको निर्णयसहित छात्रवृत्ति वितरण गरेको विवरण पेश गर्न निर्देशन दिँदै सो समयावधिभित्र पेश नगरेमा नियमानुसार जरिवाना, अनुमति रद्द लगायतका कारवाही हुने चेतावनी दिएको छ ।
हालसम्म छात्रवृत्ति वितरणको विवरण नबुझाउने विद्यालयहरु निम्न छन् । विराटअर्जुन इङलिस स्कुल बिर्तामोड १० , मिडिल प्वाइन्ट इङ्लिस स्कुल बिर्तामोड ५ , नवोदय फनमिन इङ्लिस स्कुल बिर्तामोड ३ , सिद्धार्थ शिशु सदन बिर्तामोड १० ,हिमरेश एजुकेशन एकाडेमी बिर्तामोड १ रहेको छ ।
त्यसैगरी , सनराइज एजुकेशन फाउण्डेशन बिर्तामोड ८ ,बेबी लेण्ड इङ्लिस स्कुल बिर्तामोड ४ , मंगलदिप एलाईट इङ्लिस स्कुल बिर्तामोड २ ,हेप्पी किड्स इङ्लिस स्कुल बिर्तामोड ५ , ग्रिनउड इङ्लिस स्कुल बिर्तामोड ४ ,प्राग्ना इङ्लिस स्कुल बिर्तामोड १ र बिर्ता एजुकेशन इङ्लिस स्कुल बिर्तामोड ६ रहेका छन् ।


