इटहरी / इटहरीको स्वागत टोल विकास संस्थाको १८ औं स्थापन दिवस तथा वार्षिक उत्सव कार्यक्रम गरी सम्पन्न गरेको छ ।

शुक्रबार इटहरी स्थित स्वागत टोल विकास संस्थाको भवनमा एक कार्यक्रम विच स्थापना दिवस तथा वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सञ्चारकर्मी ग्यालेक्सी फोकेका सुनसरी सम्वाद दाता प्रकाश तिम्सिना , पुर्वि हटलाइन दैनिकका कार्यकारी सम्पादक राजन केडी , नेपाल ड्रेड युनियन कोशी प्रदेश रञ्जना पौडेललाई सम्मान पुरस्कार प्रदान गरिएको हो ।

आमा बुबाको राम्रो स्याहार सुसार गर्नेलाई छोरा बुहारी, छोरी, नाती, नातिनीलाई सम्मान ,आपाङ्ग व्यक्ति  ,खेलाडी , ७० वर्षका माथिका  जेष्ठ घरधुरी सदस्य र मायाको चिनो प्रदान लगाएत व्यक्तिलाई स्वागत टोल विकास संस्थाले सम्मान गरेको हो । एस.ई.ई उत्तीर्ण विद्यार्थी एरिका दाहाल उत्कृष्ट प्रशंसा पत्र विबस राई , गणेश गुप्त पुरस्कार प्रदान गरिएको थियो ।

इटहरी उपमहानगरपालिका नगर प्रखुम हेमकर्ण पौडेल को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, स्वागत टोल विकास सस्थाकी अध्यक्ष भद्र थापा मगरको अध्यक्षता रहेको थियो भने विशिष्ट अथिति कोशी प्रदेशका माननीय सांसद  मिना श्रेष्ठ , राजनैतिक दलका प्रतिनिधि , जेष्ठ नागरिक , विभिन्न टोलविकास संस्थाका अध्यक्ष र संस्थाका सदस्य लगाएतको उपस्थिति रहेको थियोे ।

२०७६ साल बैशाख यता भएका प्रगतिहरूको विवरण , १४ औं स्थापनापन दिवसका सो संस्थाले प्रदान गरेका अक्षयकोष तथा पुरस्कार विवरण स्वागत टोल विकास संस्थाका अध्यक्ष भद्र थापा मगरले प्रस्तुत गरेकी हुन् ।

संस्थालाई  सहयोग पुर्याउने हुने कार्य समितीका सदस्य , सम्पूर्ण घरधुरी सदस्यहरु, आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्नुहुने व्यापारी, बुद्धीजिवी, समाजसेवीहरूलाई स्वागत टोल विकास संस्थाका अध्यक्ष मगरले धन्यवाद व्यक्त गरेकी हुन् ।स्वागत टोल विकास संस्था इटहरी