सुन्दरहरैचा / देशभर पशुमा लाग्ने लम्पी स्किन रोगबाट  ५० हजार  बढि पशु मरेका छन् ।


पशुसेवा विभागको तथ्यांकअनुसार साउन १२ गतेसम्म देशभर ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेका छन् । देशभर कुल १० लाख ८८ हजार पशु संक्रमित भएकोमा ७ लाख ८९ हजार निको भएका छन् भने २ लाख ४८ हजार संक्रमित अवस्थामा छन् ।


कुल ३ लाख ५० हजार पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइए सकेको विभागले जनाएको छ । विभागका अनुसार हालसम्म कोशी प्रदेशमा ५ हजार ४२, मधेसमा १ हजार ७ सय, वाग्मतीमा ३ हजार ४७६, गण्डकीमा २ हजार २९५, लुम्बिनीमा ४ हजार, कर्णालीमा ८ हजार ७०३ र सुदूरपश्चिममा २५ हजार ६१० पशु मरेका छन् ।


नेपालमा पहिलो पटक २०७७ असार महिनामा मोरङको सुन्दरहरैंचा नगरपालिकाका गाईगोरुमा रोग देखा परेको थियो । रोगबाट हाल कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु बढी देखिएको छ ।


 यसका लक्षणहरुमा छालामा घाउ नै घाउहरु देखिने, १ देखि ५ सेन्टीमिटरसम्मका गोला गिर्खाहरु बाहिर देखिने, उच्च ज्वरो आउने, खुट्टा जोर्नी सुनिने, नाक मुखभित्र, कल्चौंडा, थुनमा घाउ हुने गर्दछ ।