इटहरी । सुनसरीको इटहरीमा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा बृहत रतक्तदान कार्यक्रम सम्पन्न भएको छ । बढ्दो डेङ्गी सङ्क्रमणका कारण सुनसरी मा रगत अभाव भइरहेको बेला रक्तदान जिवनदान भन्ने उदेश्यले उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । पछिल्लो समय रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको सस्थाका अध्यक्ष शालिग्राम ढकालले बताउनु भएको छ ।

पछिल्लो समय विभिन्न गैर सरकारी संघसस्थाहरुको समेत सहभागितामा रक्तदान कार्यक्रमहरुको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने रक्तदाता राजन राउतले बताउनु भयो।

यस सस्थाले हरेक वर्ष झै यस वर्ष पनि आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्न रक्तदान कार्यक्रम गरेको हो । यस सस्थाले २०६० सालबाट नै वार्षिक २ देखि ३ पटक सम्म रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको छ । सस्थाले शनिबार १३९ पिण्ट रगत रङकलन गरेको छ ।

