राष्ट्रिय युवा संघ नेपालले गत असार २ गते राति ताप्लेजुङमा आएको बाढी पहिरोले क्षति पुर्याएका विभिन्न स्थानका पीडित परिवारको लागि राहत सामग्री पुर्याएको छ ।

युवा संघ नेपालले सुनसरीले इटहरीबाट १०० बोरा चामल ताप्लेजुङ पुर्याएको हो । युवा संघ नेपाल सुनसरी अध्यक्ष सुजन लामाको अगुवाईमा दैनिक उपभोग्य र खाद्यन्न सामाग्री बाढी प्रभावित क्षेत्र सिदिङ्वा, मैयाखोला, श्रीजंघा गाउँपालिकाका लागि पुर्याएको युुवा संघका नेपाल केन्द्रिय कमिटी सदस्य जितेन्द्र थापाले जानकारी दिनु भयो । 

IMG-20230729-WA0018

राहत सामाग्री ग्रहण गर्दैयुवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य  गोपाल न्यौपानेले प्रभावित क्षेत्रमा लगेर वितरण गर्ने जानकारी दिनु भयो ।

IMG-20230729-WA0016

बिपदको बेला जनताको घरदैलोमा पुगेर यस्ता राहतको सामाग्री बितरण गरिएको र जनताको विपदमा संधै साथमा रहने युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य दिवस बान्तवा राई ले बताउनुभयो ।