सुनसरी / इटहरीमा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायमा पहुँच पुर्याउन संवेदनशिलता विकासका लागि जिल्लामा कार्यरत न्याय प्रणालीका प्रमुख तथा प्रतिनिधिहरुलाई १ दिवसीय क्षमता अभिवृद्धि कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग काशी प्रदेश कार्यालय र राष्ट्रिय अपांग महासंघ नेपाल NFD-N कोशी प्रदेश विराटनगरको आयोजनामा कार्यक्रम आयोजना गरिएको थियोे ।
अपांग व्यक्तिलाई अन्याय गरेर कानुन अनुसार कारबाही गर्ने , अपाङ्गता भएका व्यक्तिहरूको जीवनका सबै पक्षमा हुने सहभागितामा वृद्धि गर्ने ,उनीहरूले पाउनुपर्ने सेवा र सुविधामा सहजता प्रदान गर्ने पर्ने लगाएत न्यायका काम गर्नु पर्ने विषयमा प्रतिनिधिहरुलाई १ दिवसीय क्षमता अभिवृद्धि कार्यशाला कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी सिडियो होम कला पाण्डे , विशिष्ट अथिति राष्ट्रिय मानव अधिकार आयोग प्रदेश प्रमुख पवनकुमार भट्ट , राष्ट्रिय अपांग महासंघाका उपाध्यक्ष भिमा खतिवडा र झापा, सुनसरी उदयपुरका ३० जना बढिको न्यायमा पहुँचको लागि प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू उपस्थितिमा कार्यक्रम भएको थियोे । कार्यक्रम सञ्चालन सरोज नेपाली कोशी प्रदेश व्यवस्थापक गरेका थिए ।

