इटहरी / इटहरी उपमहानगरपालिकाले हालै वृद्धि गरिएको करको विषयमा उद्योग वाणिज्य संघ इटहरीले इटहरीउपमहानगरपालिका सँग छलफल गर्ने भएको छ ।
आइतबार संघ, संघ अन्तर्गतका विभिन्न वस्तुगत संगठन र नागरिक समाज इटहरीका प्रतिनिधिहरुको भएर उद्योग वाणिज्य संघ इटहरीले इटहरीउपमहानगरपालिका सँग छलफल गर्ने भएको छ ।
संंघका अध्यक्ष जीवन पराजुलीका अनुसार नागरिक तहबाट व्यापक जनगुनासो आएपछि संघले सो विषयमा समन्वयकारी भुमिका अघि बढाएको हो ।
छलफलका क्रममा बोल्ने वक्ताहरुले करको वृद्धि वास्तमै धेरै भएको भन्दै पुनर्विचार गर्न उपमहानगरपालिकासँग अनुरोध गर्नुपर्ने बताएका थिए । निर्णयअनुसार उपमहानगरपालिकामा ज्ञापनपत्रसमेत बुझाइनेछ ।
इटहरी उपमहानगरपालिकाले सम्पत्ती कर साढे तीन सय गुणासम्म बढाएपछि नगरवासीहरुले विरोध जनाएका छन् ।

