सुनसरी / इटहरीको विश्व आदर्श कलेजद्वारा विद्यार्थीहरूलाई  अभिमुखीकरण कार्यक्रम गरेको छ ।


शैक्षिक दृष्टिकोणले देशमै राम्रो नतिजा ल्याउन सफल हुदै आएको विश्व आर्दश कलेजले कक्षा ११ का नयाँ विद्यार्थीलाई कलेज तथा पठनपाठनका विषय केन्द्रित विद्यार्थीहरूलाई मंगलबार अभिमुखीकरण कार्यक्रम  समापन भएको छ ।


कार्यक्रममा कलेजका प्राचार्य गणेश दुलालले कलेज विषय साथै विद्यार्थीले अपनाउनु पर्ने अनुशासन लगायतका विषयमा जानकारी गराएका थिए । उत्प्रेरक रमण भट्टराईले विद्यार्थी जीवनका विषय केन्द्रित उत्प्रेरणा सम्वन्धी  सहजिकरण गरेका थिए । 


कार्यक्रममा विश्व आर्दशका विद्यार्थी समेत रहेका चर्चित गायक प्रितम आचार्य लगायतको सांस्कृतिक प्रस्तुति रहेको थियो । कलेजले आफ्ना विद्यार्थीहरुलाई लक्षित गरी माई सेकेण्ड टिचरका माध्यमबाट समेत विद्यार्थीलाई अध्ययनमा सहज वनाउदै आएको छ ।


कलेजका अध्यक्ष लेखनाथ घिमीरे , ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका शारदा सिटौला लगायतको उपस्थिति रहेको थियोे । विश्व आर्दश विद्यालय तथा कलेजमा गरी हाल ३ हजार २५ विद्यार्थी अध्ययनरत रहेका छन ।


पछिल्लो समय होटल मेनेजमेन्ट पनि कलेजले सञ्चालनमा ल्याएको छ । कमर्स र साइन्समा कम्प्युटर साइन्ससमेत पढाइ हुने गरेको छ । प्रिन्सपल गणेश दुलालकाअनुसार २५ वर्ष पुरानो विश्व आदर्शले १० वर्षदेखि नै साइन्स र कमर्समा ३२०–३२० गरेर ६४० जना विद्यार्थीलाई अध्यनरत छन् ।विश्व आदर्श कलेज