इटहरी । इटहरीमा रहेका स्वास्थ्य संस्था हरुको अनुगमन भएको छ । स्वास्थ्य संस्थामा मान्यता प्राप्त स्वास्थ्य कर्मी नरहने, अनुमति नै नलिई सञ्चालनमा रहेको, म्याद गुज्रिएको औषधि बिक्री गरेको लगायतका गुनासो हरू आइरहेकोले बिहीबार इटहरी उपमहानगरपालिका क्षेत्रका करिब २५ ओटा मेडिकल अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला स्वास्थ्य कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिका स्वास्थ्य साखा, जिल्ला अस्पताल इनरुवाका प्रतिनिधि हरुको उपस्थितिमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरी प्रमुख प्रसासकिय अधिकृत केसब प्रसाद खतिवडा ले बताउनुभयो।
सो क्रममा इटहरीका चण्डिका मेडिकल,ओम साइ माता मनकामना पोलिक्लिनिक, सयपत्री डेन्टल हस्पिटल, पतन्जली सेवा केन्द्र इटहरी लगायतका मेडिकल नियम बिपरित रहेकोले बन्द गर्न लागाएको जनस्वास्थ्य निरीक्षक बिकास पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै नियम विपरीत कार्य गरेको पाइएको मेडिकलमा सचेत गराइएको नियम विपरीत कार्य गरिरहे कानून अनुसार कारवाही गर्दै क्लिनिक नै बन्द गर्ने जिल्ला स्वास्थ्य कार्यालय जनस्वास्थ्य निरीक्षक पर्सुराम साहले बताउनुभयो ।


