सुनसरी / इटहरीमा एडभान्स काउन्सेलिङ स्कील टोट ट्रेनिङ्ग बिशेष टुल टेक्नीक स्कीलमा आधारित भएको एक हप्ता तालिम समापन भएको छ ।
ह्युमेन नेपाल धनगढी कैलालीको आयोजनामा साउन १३ देखी १९ गते सम्म सञ्चालनमा रहेको तालिममा आबद्ध भई मनोबिमर्शकर्ता बन्न चाहने व्यक्तिहरुलाई तालीम दिएको हो ।
विशेषतः बिद्यालय शिक्षक , स्वास्थ्यकर्मी ,स्टाफ नर्स , बिभिन्न परियोजनामा कार्यरत व्यक्तिहरु , सिपिएस डव्ल्यु तथा मनोसामाजिक मनोबिमर्श कर्ता एवं वकिलहरूलाई टुल टेक्नीक स्कील तालिम दिएको थियोे ।
इटहरी उपमहानगरपालिकाको सहकार्य तालिम सञ्चालन भएको थियोे । १३ जना फरक फरक क्षेत्रका व्यक्तित्वहरुले तालिम लिएका हुन् । प्रेमनाथ भट्टराई र बिनोद पौडेलले प्रशिक्षण गरेका थिए ।
उक्त तालिम पश्चात तालिम प्राप्त व्यक्तिले मनोसामाजिक स्वास्थ्यको बारेमा बिशेष ज्ञान तथा सिप हासिल गरि समस्यामा रहेका व्यक्तिहरुलाई पहिचान गरि आफुले प्राप्त ज्ञान, सिप र दक्षता अनुसार मनोसामाजिक सहयोग प्रदान गरि समस्या समाधानका लागि सहयोग पुर्याउदछन भन्ने उदेश्यका साथ उक्त तालीम दिइएको हो ।
उमेश शिवाकोटीको अध्यक्षतामा सञ्चालन गरिएको तालिममा इटहरी उपमहानगरकी उपमेयर संगिता चौधरी लगायतको उपस्थितिमा शुक्रबार कार्यक्रम समापन गरिएको हो ।


