सुनसरी / इटहरी उपमहानगरपालिकामा १८ वटा कलेज सहभागी दुई दिने कोशी प्रदेश स्तरीय "Inter College Futsal Tournament -2080" सम्पन्न भएको छ । कोशी प्रदेश स्तरीय फुटसल प्रतियोगीता एस डि फुटसल इटहरीको आयोजनामा सम्पन्न भएको हो । कोशी प्रदेशका १८ वटा कलेज सहभागी रहेका फाइनल खेलमा धरान सिटी कलेज र इटहरी नमुना कलेजको प्रतिस्पर्धा भएको थियो । धरान सिटी कलेजले विजेता र इटहरी नमुना कलेजले उपबिजेताको उपाधि हात पारेको थिए। विजेतालाई नगद प्रमाण पत्र र ट्रफि हस्तान्तरण गरिएको थियो ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष एवं प्रदेश खेलकुद विकास समितिका संस्थापक सदस्य-सचिव पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका स्थायी कमिटी सदस्य एवं मोरंग जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष रोहित कोइराला, महासंघ मोरगं अध्यक्ष मनोज खड्का, ईटहरी वडा नं. १० का वडाअध्यक्ष अवदेश चौधरी लगायतको उपस्थिति रहेको थियोे ।

कोशी प्रदेशका बिभिन्न कलेजका खेलाडि पहिचान र उनिहरुलाई राष्ट्रिय स्तरमा चिनाउन पनि यो खेल आयोजना गरिएको युवा व्यावसायी गौरवजंग राणाले जानकारी दिनुभयो ।

फुटसल खेलको प्रथम पुरस्कार नगद पच्चीस हजार सहित म्याडल र ट्रफि रहेको थियो भने दोस्रो पुरस्कार नगर पन्ध्र हजार सहित म्याडल र ट्रफि रहेको थियो ।

