सुनसरी / नगर बाल सञ्जाल इटहरीद्वारा अन्तर विद्यालय स्तरीय वक्तूत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।


इटहरीको युवा विकास केन्द्र भवनमा नगर बाल सञ्जाल इटहरीको आयोजनामा अन्तर विद्यालय स्तरीय वक्तूत्वकला प्रतियोगिता भएको हो ।


इटहरीका १९ वटै वडाका विद्यालयहरूबाट एक-एक जना विद्यार्थी सहभागी रहेका थिए ।विद्यार्थीहरूले वक्तूत्वकला प्रतियोगितामा आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

  

एसवएस स्कुलकी स्मृति आचार्य प्रथम , जनसयोग मा.वि इटहरीकी करिस्मा कार्की दोस्रो , पुर्वाञ्चल सेकेन्डरी बोर्डिङ स्कुलकी रिदिमा पौडेल तेस्रो भएकी हुन् ।

 

कार्यक्रमको अध्यक्ष नगरबाल सञ्जाल इटहरीका अध्यक्ष सविन तिम्सिना, कोशी प्रदेशका माननीय सांसद मिना श्रेष्ठ प्रमुख आथिती लगायत  इटहरी वडा नम्बर ७ का वडा सदस्य दिपक घिमिरे, युवा विकास केन्द्रका निर्देशक निराजन खड्का लगाएतका आथिती, विभिन्न विधालयका शिक्षक, विधार्थी लगायतको  उपस्थितिमा कार्यक्रम भएको थियोे ।


 "बालमैत्री स्थानीय शासनको कार्यन्वयन र घोषणा " भन्ने नगर बाल सञ्जालको चाहाना थियोे ।