इटहरी / एक्सपर्ट एजुकेशनको २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
मंगलबार नेपाल रेडक्रस सोसाइटी इटहरीको सहयोगमा एक्सपर्ट एजुकेशन इटहरी शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका हुन् ।
पछिलो समय देशैभर रगतको अभाव भएको कुरा मध्यनजर गर्दै, रगतको अभाव नहोस् भन्ने उद्देश्यले देशैभर रक्तदान कार्यक्रमको आयोजना गरिएको एक्सपर्ट एजुकेशन इटहरी शाखाका सञ्चालक भवकृष्ण तिम्सीनले वताए ।
इटहरी उप महानगरपालिकाको कार्यलय अगाडि, रक्तदान कार्यक्रम विहान ७ देखि १० सम्म सञ्चालन गरिएको हो । प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी धरानको रहेको थियो । रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, विभिन्न पेशा, व्यवसायका व्यक्तिहरु र स्थानीय पनि सहभागी भएका थिए ।


