इटहरी : इटहरीका मेयर हेमकर्ण पौडेललाई पुर्व उपमेयर लक्ष्मी गौतमले करको विषयमा जनता झुक्याउने काम बन्द गर्न आग्रह गरेकी छिन् । इटहरीको राजस्व परामर्श समिति समितिको संयोजकको समेत भूमिका निर्वाह गरी सकेकी गौतमले मेयर पौडेललाई जनविरोधी करलाई तत्काल समायोजन गर्न आग्रह गरेकी छिन् ।

आइतबार मेयर पौडेललाई सम्बोधन गर्दै दश बुँदे लिखित सुझाव गौतमले बुझाउन उपमहानगर पुगेकी थिइन् । तर, मेयर पौडेलले सुझाव सहितको पत्र लिन नमानेपछि उपमेयर सङ्गीताकुमारी चौधरीलाई बुझाएको गौतमले बताइन । गौतमले सुझाबपत्रमा करको दर विगतको अनुपातमा समायोजन गर्नु पर्ने, मेयरको सचिवालय घटाउनु पर्ने लगायतको माग राखेकी छिन् ।
यस्तो छ उपमेयर गौतमको सुझाबपत्र



