सुनसरी / इम्पेरियल कलेज इटहरीले शैक्षिकसत्र २०८० मा भर्ना भएका नवागन्तुक विद्यार्थीहरुलाई सोमबार विशेष कार्यक्रमका बीच स्वागत गरेको छ । मोरङको विराटचोकस्थित होटेल नेपालीरिकामा स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।
कलेज सञ्चालक समिति अध्यक्ष कमल कोइरालाको सभापतित्वमा भएको कार्यक्रम कलेजका प्रिन्सिपल राजु घिमिरेले सञ्चालन गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले विभिन्न विधामा प्रस्तुतिकरण दिएका थिए ।
यसै अवसरमा इम्पेरियल कलेज इटहरीले प्रदान गर्ने ‘इम्पेरियल दीर्घसेवा सम्मान अभिनन्दन’ अवार्डले सो कार्यक्रममा शिक्षण पेशामा चार दशक सेवा गरी निवृत्त भएका शिक्षकद्वय भरत नेपाल र युवराज खतिवडालाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पेशागत महासंघ केन्द्रीय सदस्य यज्ञप्रकाश चापागाईं, विशेष अतिथि हिले माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र आचार्य लगायतले अवार्ड हस्तान्तरण गरी सम्मान गरेका थिए ।
प्रमुख अतिथि पेशागत महासंघ केन्द्रीय सदस्य चापागाईंले इम्पेरियल कलेजले सञ्चालन गरेको होटेल मेनेजमेन्टको अध्ययन कार्यक्रमले दक्ष जनशक्ति निर्माण गरी स्वदेश तथा विदेशमा समेत विद्यार्थीका लागि रोजगारीको ढोका खोलिदिएको भन्दै प्रशंसा गरेका थिए । कलेज अफ होटल म्यानेजमेन्ट इटहरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत गरेकोको थियोे ।

शान्ति र बिकासका लागि युवा नेपालको सहयोगमा इम्पेरियल इन्टिच्युट अफ होटल म्यानेजमेन्ट कलेज इटहरीले गरिब र बिपन्न बर्गका बिद्यार्थीलाई सहुलियत रकममा एकबर्षे डिप्लोमा इन होटल म्यानेजमेन्ट पढाउने सम्झौता गरेको छ ।
भारतको दार्जिलिङमा होटल म्यानेजमेन्ट अध्यापन गराउँदै आएको इम्पेरियलले यस बर्षदेखि इटहरीमा पनि सेवा बिस्तार गरेको र पढाइ सकेपछि शतप्रतिशत बिद्यार्थीलाई रोजगारी लगाइदिने इम्पेरियलका सञ्चालक बद्री अर्यालले बताए ।
इम्पेरियलले दार्जिलिङमा डिप्लोमा इन होटल म्यानेजमेन्ट र व्याचलर इन होटलम्यानेजमेन्टका कोर्षहरु पढाउँदै आएको छ । इटहरीमा भने यसै वर्षदेखि कुलिनरी आर्टस एण्ड हस्पिटालिटी मेनेजमेन्टका नाममा डिप्लोमा इन होटल म्यानेजमेन्टको कक्षा सुरु गरेको छ ।
गत असार ४ गतेदेखि इटहरीमा एक महिने शुिल्क कुक तालिम दिन लागेको इम्पेरियलले होटलमा रोजगारीका लागि माल्टा, सिंगापुर, अमेरिका, चीन, दुवई, मलेसिया लगायतका देशमा जवप्लेसमेन्ट गर्दै आएको छ ।


