मोरङ / मोरङको बेलबारी नगरपालिका -२ मा रहेको शिक्षा सन्देश ईङिलस स्कुलका छात्र सुजन बस्नेत र छात्रा जेनिसा अधिकारीले मंगलबार प्रकाशित कक्षा १२ को रिजल्टमा जिल्लामै उत्कृष्ट अंक प्राप्त गरेको बिद्यालयले दाबी गरेको छ ।
प्राप्त नतिजा अनुसार बस्नेतले ३.७४ र अधिकारीले ३.७२ अंक प्राप्त गरेका छन । यो अंक जिल्लामै उत्कृष्ट भएको बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले दाबी गरेका छन ।समग्रमा बिद्यालयले ९८ प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।
हरेक बर्ष बिद्यालयलेृ प्राप्त गरेको नतिजा जिल्लामै उत्कृष्ट भएको बिद्यालयका काउन्सिलर भुपाल बस्नेतले दाबी गरे । बिद्यालयमा बाणिज्य,होटल म्यानेजमेण्ट,कानुन लगायतका संकाय सञ्चालित रहेका छन् ।


