सुनसरी / मोरङको बेलबारी नगरपालिका- ३ मा रहेको भगवती माध्यमिक बिद्यालयमा कक्षा ११ र १२ मा अध्यायनरत बिद्यार्थीहरुलाई बेलबारी २  घर भई हाल जापानमा बसोबास रहेका राजनबाबु सुवेदी सहित जापानीज सहितको टोलीले छात्रबृति दिने भएको छ ।


करिब चार बर्षअघि सोही टिमले भवगतीका १५ जना बिद्यार्थीलाई छात्रबृति प्रदान गरेको थियो । कोभिडका कारण रोकिएको सो कार्यक्रम फेरि सञ्चालन हुने भएको छ । सुवेदी सहित जापानीज टोलीले बुधबार बिहान बिद्यालयमा आयोजित कार्यक्रममा अझ बढी बिद्यार्थीलाई छात्रबृति प्रदान गर्ने बचन दिएका छन् ।


बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हेमसागर ढकालले आफुले ५० जना बिद्यार्थीलाई छात्रबृति माग गरेको र जापानीज टोली समेत सकरात्मक देखिएको जानकारी दिए । उनीहरुले १५ जनाबाट बढाएर बढीभन्दा बढी बिद्यार्थीलाई छात्रबृति प्रदान गर्ने आश्वासन दिएको ढकालले बताए ।