मोरङ / मोरङको बेलबारी नगरपालिका- २ मा रहेको शिक्षा सन्देश ईङ्लिस स्कुलले बिद्यार्थीहरुलाई कक्षा बाहिर सिकाइलाई प्राथमिकता दिएको छ ।


विद्यालयले कक्षाकोठा भित्रको सिकाइलाई व्यावहारिकपन सँग जोड्ने उद्धेश्यले प्रत्येक शुक्रवार सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।


अतिरिक्त क्रियाकलाप सँग सम्बन्धित कक्षा १२ का विद्यार्थीहरुलाई अर्थशास्त्र विषयको विद्यार्थीहरुलाई समसामयिक विषयवस्तु र पाठ्यक्रमले नै निर्धारण गरे बमोजिमको सिकाइ उपलब्धि हासिल गर्न सहजीकरण होस भन्ने लक्ष्यका साथ यस्ता कार्यक्रमहरु  साप्ताहिक रुपमा गर्दै आइरहेको बिद्यालयका प्रधानध्यापक राजेश खत्रीले बताए ।


नर्सरी देखि कक्षा १२ सम्म संचालित विद्यालयले आफ्नो स्थापनाको इतिहास देखि नै आफ्नो शिक्षण सिकाइ क्रियाकलापलाई दिगो र अनुभव  जन्य बनाउनको निम्ति फरक ढाँचामा सिकाइ गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।IMG-20230819-WA0002 1