इटहरी । युवा विद्यार्थीमा राष्ट्रिय एकताको भावना जागृत गराउने तथा नेतृत्व क्षमता विकास गरी असल नागरिक वनाउने उद्धेश्यले नेपाली सेनाले विद्यालयमा सञ्चालन गर्दै आएको एनसिसी तालिम यस वर्ष पनि सुनसरीमा सुरु भएको छ ।
नेपाली सेनाको श्री कृष्णदल गण सुनसरीको समन्वयमा सुनसरीको इटहरीमा रहेको जनता माध्यमिक विद्यालय सहित केही विद्यालयका विद्यार्थीलाई अनुशासन, वफादारिता , इमान्दारिता , राष्ट्रिय एकताको भावना तथा नेतृत्व क्षमताको विकासमा सहयोग पुर्याउने उद्धेश्य सहित एनसिसी तालिम सुरु गरेको हो ।
सुनसरीको धरानमा रहेको श्री पब्लिक हाई स्कुल, बराहक्षेत्रमा रहेको महेन्द्र मा.वि. र ईटहरीमा रहेको जनता मा.वि.मा अध्ययनरत विद्यार्थीलाई एनसिसी तालिम सुरु गरिएको छ । 
नेपाली सेनाले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नेपाल सरकारको प्राथमिकता प्राप्त कायक्रम अनुरुप एनसिसी तालिम सञ्चालन गर्दै आएको छ । सुनसरीको ईटहरीमा रहेको नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमी, धरानमा रहेको आईडियल बोर्डिङ्ग स्कुल र धरानमा नै रहेको सैनिक आवासिय महाविद्यालयमा एनसिसी तालिम संचालन भई रहेको छ।
श्री कृष्णदल गणका गणपति प्रमुख सेनानी अमित लामाले २४ गते सिनियर डिभिजन तर्फ धरान, बराहक्षेत्र र ईटहरीका विद्यालयमा अध्यनरत छात्र÷छात्रा, विद्यालय संचालन समितिका पदाधिकारी, शिक्षक तथा अभिभावकहरुलाई सहभागि गराई एमसिसि तालिम सम्बन्धी जानकारी मुलक कक्षा तथा तालिमको भिडियो समेत प्रस्तुत गरिएको थियो । सुनसरीमा हाल सम्म ११सय ९ जना छात्र छात्राले तालिम लिइसकेका छन ।


