इटहरी / एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाले नव आगन्तुक विधार्थीलाई स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
मंगलबार इटहरीको दुर्गा पार्टी प्यालेस एक कार्यक्रम आयोजना गरी एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाले नव आगन्तुक विधार्थी लक्षित गर्दै स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । आयल्स तथा पिटिइलाई पनि सहजिकरण गर्न विद्यार्थीहरूलाई सिकाइका ज्ञान सिकाइको थियोे ।
कार्यक्रममा एक्सपर्ट एजुकेशन शाखा इटहरीका अध्यक्ष कमल प्रसाद तिम्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रेरक युवा वक्ता दीपेन्द्र निरौलाले उत्प्रेरणाका ज्ञान सिकाएका थिए ।
एक्सपर्ट एजुकेशन इटहरीले विगत विस वर्ष देखि सेवा दिदै आएको छ । २०२२/२३ मा अष्ट्रेलिया २ सय १० जना युके ३७ जना , युएसए ९ जना , क्यानडा ३३ जना पठाएसकेको र विद्यार्थीलाई विदेश जाने सिकाई सम्बन्धि ज्ञान दिलाइको एक्सपर्ट एजुकेशन इटहरीका अध्यक्ष कमल प्रसाद तिम्सिनाले बताए ।
अष्ट्रेलियाकाबाट समेत जुम मार्फत विद्यार्थीहरूलाई बाहिरी देश गएर कसरी पढ्ने भन्ने विषयमा जानकारी गराईको थियो । स्वागत तथा सम्मान कार्यक्रममा २ सय वढि विद्यार्थीहरूको उपस्थित रहेको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि एक्सपर्ट एजुकेशन शाखा इटहरीका अध्यक्ष भवकृष्ण तिम्सिना, युवा प्रेरक वक्ता दीपेन्द्र निरौला, एक्सपर्ट एजुकेशन विराटनगरका प्रवन्धक निर्देशक अनुभव दाहाल एक्सपर्ट एजुकेशनमा कार्यरत कार्मचारी लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

एक्सपर्ट एजुकेशन इटहरीले विगत विस वर्ष देखि सेवा दिदै आएको छ । एक्सपर्टले अष्ट्रेलिया , क्यानडा , युके , युएसए लगाएत देश जाने विद्यार्थीहरूलाई भाषा पढाउदै आएको छ ।


