सुन्दरहरैचा / मोरङको सुन्दरहरैचा बिराटचौक स्थित सुकुना माध्यमिक विद्यालय सभाहलमा मंगलबार अभिभावक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्थानीय बुद्दिजीवी, शिक्षाप्रेमी, संस्थापक सदस्य, शुभचिन्तक लगायतको उपस्थितीमा बसेको अभिभावक भेलाले बिद्यालय व्यवस्थापन समिती अध्यक्षमा मात्रिका प्रसाद ढकाल सहित ९ सदस्यीय समिती सर्वसम्मत चयन गरेको छ।


भेलाले अध्यक्षमा मात्रिका प्रसाद ढकाल सदस्यमा गणेश कुमार कार्की, राम कुमार मास्के, मन माया तामाङ, चिना निरौला, एकेन्द्र राई साथै शिक्षक प्रतिनिधिको तर्फबाट डा. ईश्वर कुमार राई, वडा प्रतिनिधिको तर्फबाट वडा अध्यक्ष राज कुमार राई, सदस्य सचिव प्रधानध्यापक नारायण प्रसाद गौतम सर्वसम्मत चयन भएका हुन।


नव निर्वाचित अध्यक्ष मात्रिका प्रसाद ढकालले विद्यालयका शिक्षक कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, बिद्यालयको हितको लागि कार्य गर्ने र विद्यालयलाई सर्वोत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्न सबै संग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

FB_IMG_1692755500877

शिक्षा ऐन आठौं संसोधन अनुसार नयाँ विद्यालय व्यवस्थापन समिति गठनको लागि अभिभावकहरुले आफूहरु मध्येबाट छानी पठाएका २ महिला सहित ४ जना सदस्य, विद्यालय रहेको वडाको वडा अध्यक्ष वा वडा समितिका सदस्यहरुवाट मनोनित १ जना सदस्य, विद्यालयका संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, सहयोगी वा चन्दादाताहरुमध्येवाट विद्यालय व्यवस्थापन समितिले मनोनित गरेको १ महिला सहित २ जना सदस्य, १ जना शिक्षक प्रतिनिधि र प्रधानाध्यापक सदस्य सचिव रहने प्रावधान रहेको छ । त्यस्तै गरी चुनिएका सवै सदस्यहरुमध्येवाट १ जना अध्यक्ष छानिने प्रावधान नयां शिक्षा ऐनमा उल्लेख छ ।