इटहरी / सामुदायिक विद्यालयले पनि निजी विद्यालय सरह गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ र भन्ने जिज्ञासा अझै पनि सुन्ने गरिन्छ । पछिल्लो समय यो भ्रमलाइ इटहरी स्थित ज्योति माध्यमीक विद्यालयले तोड्दै छ ।

ज्योति मा बि इटहरी मा कक्षा १२ को सिभिल इन्जिनियरिङ विध्यार्थीहरूले फिजिक्स, क्यामेस्ट्रि र म्याथम्याटिक्स जस्ता विषयमा उत्कृष्ट अंक ल्याएर ८७ प्रतिसत बिध्यार्थी उत्तिर्ण गराउदै सुनसरी जिल्लामा नै उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल भएको छ ।

ज्योती माध्यमीक विद्यालयमा आगामी शैक्षिक सत्रका लागि खुलाइएको आवेदनमा राम्रो संख्यामा विद्यार्थीले भर्ना भइसकेका छन । 

सामुदायीक विद्यालय भइकन गुणस्तरीय पठनपाठन हुने विद्यालयको रुपमा आफुलाइ परिचित गराउदै आएको सामुदायीक विद्यालय हो इटहरी स्थित ज्योति माध्यमीक विद्यालय। गुणस्तरीय शिक्षा र सबल व्यवस्थापनकै कारण यो विद्यालय पछिल्ला समय विद्यार्थी तथा अभिभावकको आकर्षणको केन्द्र बन्दै आएको छ ।

प्राविधीक गुणस्तरयुक्त शिक्षामा जोड दिएको विद्यालय अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको हो । बाल कक्षादेखी कक्षा १२ सम्म पठनपाठन गराइने उक्त विद्यालयले ब्यवहारिक शिक्षामा समेत ध्यान दिदैं आएको यस विद्यालयको गत शैक्षिक सत्रमा  एस इइ परीक्षामा सामुदाइक बिध्यालयमा सुनसरी जिल्लाकै प्रथम बिध्यार्थी  सहित उत्कृष्ट नतिजा ल्याएको ज्योति माबि का प्रध्यानाध्यापक चिरन्जीवी भट्टराईले बताउनुभयो । 

विद्यालयले भौतिक पूर्वाधार, शिक्षक नियुक्तिदेखि विद्यार्थीहरुको लागि विभिन्न सेवा सुविधा थप गर्दै लगेका कारण वर्षेनी यस विद्यालयमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको संख्या बढ्दै गएको छ ।

सर्टीफीकेट भन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्न सक्षम विद्यार्थी उत्पादन गर्न व्यवहारीक ज्ञान र सामाजिक उत्तरदायित्वप्रती उत्प्रेरित गर्ने काम विद्यालयले गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर विक्रम साहले बताउनुभएको छ ।

ज्योती माविले पछिल्लो समय भौतिक पूर्वाधार, शिक्षक नियुक्तिदेखि विद्यार्थीहरुको लागि विभिन्न सेवा सुविधा थप गर्दै लगेपछी यस विद्यालयमा पछिल्लो समय विद्यार्थीको चाप बढ्दो छ ।

गुणस्तरीय शिक्षा, उत्कृष्ट व्यवस्थापन र प्रविधियुत्त शिक्षाको प्रचुरताका कारण ज्योति माध्यमिक विद्यालय निजी विद्यालयको अब्बल प्रतीस्पर्धीको रुपमा स्थापीत हुन सफल भएको छ ।