सुनसरी / इटहरीमा रहेको विगत १० वर्षदेखि सञ्चालन हुदै आएको ओली एण्ड एसोसिएट्सले इटहरीले ग्लोबल एजुकेशन एक्सपो आयोजना गर्ने भएको छ । 


ओली एण्ड एसोसिएट्स इटहरी शाखामा पत्रकार सम्मेलन गर्दै विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले ‘ग्लोबल एजुकेशन एक्सपो २०२३’  भदौ १५ गते इटहरीमा आयोजना भएको छ ।


एक्सपोमा अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेला गरेर एक्सपोमा IELTS /PTE मा ५० प्रतिशत छुट दिने ओली एण्ड एसोसिएट्सले इटहरी शाखाका मेनेजर राजेसकुमार शाहले बताए ।


एक्सपोमा विद्यार्थीले विदेशको शिक्षा नीति, विश्वविद्यालयको शैक्षिक गुणस्तर, भौतिक शैक्षिक पूर्वाधार, पूर्वतयारी कक्षा लगायत सम्पूर्ण विषयमा जानकारी लिन सक्ने अवसर हुने भएको छ ।


ग्लोबल एजुकेसन फेयरमा विराटनगर , धरान, इटहरी , विराटनगर चोक लगाएतका ५ सय बढी विद्यार्थी , अभिभावक सहभागी हुने बताइएको छ ।  शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको एसोसिएट्सले भदौ १० देखि देशभरका आफ्नो कार्यालय परिसरमा एक्सपो आयोजना गर्ने जनाएको हो।


ग्लोबल एजुकेशन एक्सपो भदौ १० गते काठमाडौँमा, १२ गते झापाको विर्तामोडमा, १३ गते झापाको दमकमा,ललितपुरमा, १७ गते चितवन, १८ गते पोखरा, १९ गते बागलुङ, २१ गते बुुटवल र २६ गते महेन्द्रनगरमा सञ्चालन हुने भएको छ ।