मोरङ / बिराटनगरका सामुदायिक बिद्यालयका छात्राहरुलाई एकदिने "महिला आत्मरक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम" सम्पन्न भएको छ। नेपाल खेलकुद महासंघ बिराटनगर महानगर कमिटीको आयोजनामा भएको कार्यक्रम महासंघका स्थायी कमिटी सदस्य बिराटनगर महानगरपालिका कमिटीका उत्प्रेरक मनोज बिक्रम शाहको अध्यक्षता तथा नेकपा एमालेका युवा नेता तथा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष  पर्शुराम बस्नेत प्रमुख अतिथ्यतामा बिराटनगरको सहिद मैदान स्थित कवर्ड हलमा सम्पन्न भएको छ ।

FB_IMG_1693155665102

कार्यक्रममा २० ओटा बिध्यालय बाट करिब १०० जना भन्दा बढी बिध्यार्थीहरूको उपस्थिति रहेको थियो ।

FB_IMG_1693155681271

कार्यक्रममा महासंघ केन्द्रीय खेलनीति तथा अनुसन्धान आयोगका उपाध्यक्ष बरिष्ठ कराँते प्रशिक्षक कमरेड बिमल पोखरेल, महासंघका केन्द्रीय सचिव सन्तोष बान्तवा,महासंघका स्थायी कमिटी सदस्य रोहित कोइराला, स्थायी कमिटी सदस्य  चन्द्र प्रसाईं, केन्द्रीय सदस्य  सूरज श्रेष्ठका

FB_IMG_1693155674982

साथै  बीना बस्नेत, भगवान यादव, सरस्वती खरेल लगायत खेलकुदका प्रशिक्षकहरु तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थितिमा  कार्यक्रम सम्पन्न भएको  कार्यक्रम संयोजनक महासंघ मोरंग जिल्ला सहसचिव कराँते प्रशिक्षक मेनुका ठाकुरको  जानकारी दिनुभयो ।

FB_IMG_1693155687966