सुन्दरहरैंचा / मोरङको बेलबारी नगरपालिका - २ मा रहेको शिक्षा सन्देश इङलिस स्कुलका तेक्वान्दो खेलमा तेक्वान्दो डोजाङका प्रशिक्षार्थीहरु प्रथम स्थान हासिल गरी विजयी भएका छन् ।
अक्सिजन फिटनेस सुन्दरहरैँचाको आयोजना निजी तथा सामुदायिक विद्यालयहरुको सहभागितामा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालयका प्रधानध्यापक, प्यावसनका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।
आफ्नो छुट्टै पहिचान बनाएको यस विद्यालयले जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा समेत प्रथम स्थान हासिल गरी आफुलाई अब्बल सावित गर्न सफल भएको छ । यसरी यस खेलमा यो स्थान प्राप्त गर्नमा प्रत्येक दिन निरन्तर रुपमा कडा मेहनतका साथ विद्यार्थीहरुमा यस विद्यालयको प्राङ्गणमा खेल प्रशिक्षक अतिथ राना मगर मार्फत गराएको अभ्यासको प्रतिफल रहेको विद्यालयका काउन्सिलर भुपाल बस्नेतले बताए ।
बेलबारी नगरपालिकामा सम्पन्न भएको राष्ट्रपति रनिङ शिल्ड २०७९ मा प्रथम तथा प्यावसन एवम् हिसानद्धारा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापहरुमा समेत उत्कृष्ट स्थान हासिल गरेको छ । 
विद्यार्थीहरुले ग्रेडशिटमा विषयगत रुपमा प्राप्त गर्ने प्राप्ताङ्क मात्रै शिक्षा नभएर जिवनका निम्ति आवश्यक पर्ने सबै खाले सिपको दक्षता नै शिक्षाको व्यापक अर्थ र बालबालिकाहरुको सर्वाङ्गिण विकासका निम्ति अपरिहार्यता रहेको हुँदा यस विद्यालयले हप्तामा १ दिन शिक्षाकै अर्थको रुपमा परिभाषित र प्रयोग हुने गरी अतिरिक्त क्रियाकलापहरु गराउँदै आइरहेको विद्यालयका प्रिन्सिपल राजेश खत्रीले जानकारी दिए ।
विद्यालयले विगतको एस.एल.सी परीक्षामा नेपाल तेस्रो, मोरङ प्रथम हुँदै भर्खरै मात्र सम्पन्न भएको कक्षा १२ को परीक्षामा समेत अन्तरपालिका स्तरका विद्यालयहरुमा प्रथम भएको दाबी गर्दै आएको छ ।


