सुनसरी / उद्योग वाणिज्य संघ इटहरी महिला उद्यम समितिको आयोजनामा यहीँ भाद्र १५ गते देखि १७ गते सम्म सञ्चालन गरिने महिला उद्यमशिलता प्रदर्शनी मेलाको तयारी तिव्र पारिएको छ ।


उद्यमीहरुका उत्पादनलाई बजारिकरण सहित प्रवर्द्धनमा जोड दिँदै इटहरीमा आयोजना गरिने तीन दिने महिला उद्यमशिलता प्रदर्शनी मेला हुजे भएको हो । इटहरी उद्योग वाणिज्य संघ महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा इटहरीको लायन्स क्लवमा सञ्चालन गरिने भएको छ ।


महिला उद्यमशिलता प्रदर्शनी मेलामा घरेलु उत्पादनलाई विशेष गरी प्राथमिकतामा राखेर उद्यमशिलतामा महिलाहरुलाई उत्साहित वनाउने उद्धेश्यले महिला उद्यमशिलता प्रदर्शनी आयोजना गर्न लागिएको मेलाकी कार्यक्रम संयोजक मिना ढकालले बताइन्  ।


दैनिक उपभोग्य वस्तु, कृषिजन्य तथा जडिबुटी, हस्तकला, सौन्दर्य कलासँग सम्बन्धित स्टलहरु मेलामा रहने जनाइएको छ । मेलामा कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्पादित वस्तुका ७५ वटा स्टल रहने जनाइएको छ । मेलमा कोशी प्रदेश र मधेस प्रदेशबाट पनि मेला भर्न मानिस आउने जनाएको छ । मेलामा ५० हजार बढी मानिस आउने अपेक्षा गरिएकोको बताइएको छ । नेपाल युवा उद्यमी मञ्चका तर्फबाट उत्कृष्ट तीन स्टललाई १५ हजारका दरले पुरस्कृत गरिने जनाइएको छ ।

1693280486741

उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, कार्यक्रम संयोजक मिना ढकाल, विश्व आर्दश कलेजका प्रार्चाय गणेश दुलाल, नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष दिनेश कुमार भट्टराई, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेजवहादुर पुरी लगायतको सहभागिता केही दिन अगि मेलालाई सफल वनाउने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियोे ।