विराटनगर / विराटनगरमा रहेको सञ्चालन हुदै आएको महेन्द्र मोरङ क्याम्पसका प्रमुखसहित ४ जनालाई विद्यार्थीहरुले कार्यकक्षमै थुनेका छन् । क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित चार जना प्राध्यापक कार्यकक्षमा थुनिएका थिए । 


स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थीहरूले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्पस प्रमुख शिवराम चौधरी, बीबीएसका कोअर्डिनेटर रामनारायण दास, बीबीएमका कोअर्डिनेटर इन्द्रनारायण देवलाई सोमबार कार्यकक्षमा थुनेका छन् ।


इन्टर्नसिप गरेको रिपोर्टको शुल्क घटाउन माग राख्दै विद्यार्थीहरुले अल्टिमेटम दिइसकेा थिए । २४ घण्टाको समयमा पनि शुल्क नघटाइएपछि प्रमुखसहित विभागीय प्रमुख र शिक्षकहरूलाई कार्यकक्षमा विद्यार्थीले थुनेका हुन् । 


क्याम्पसले इन्टर्नसिप रिपोर्टको शुल्क यस अगाडि १ हजार रुपैयाँ लिँदै आएको थियो । उक्त शुल्क क्याम्पस प्रशासनले एकैचोटी तीन हजार रुपैयाँ पुर्‍याएपछि आन्दोलनरत विद्यार्थीहरु आन्दोलित भएको स्ववियु सभापति जोसवन पौडेलले जानकारी दिए ।


‘विद्यार्थीहरूलाई जानकारीविना क्याम्पस प्रशासनले आफूखुशी शुल्क वृद्धि गरेपछि हामीले यसअघि निर्णय सच्याउन भनेका थियौं’, उनले भने, ‘क्याम्पस प्रशासनले वृद्धि भएको शुल्क नघटाएपछि हामीले क्याम्पस प्रमुखसहित शिक्षकहरूलाई कार्यकक्षमा थुनेका बताए । विद्यार्थीहरूले इन्टर्नसिप रिपोर्टको साबिकको शुल्क कायम गरिनुपर्ने भन्दै २४ घण्टाको समय दिएका थिए ।