सुनसरी / कोशी प्रदेशकै अब्बल मानिने इटहरीको जनता माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान गरेका छन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनीहरुले विभिन्न गीतमा सामूहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । स्वागत कार्यक्रममा कक्षा ११ का १५ जना विद्यार्थी सम्मान गरिएको थियोे । जसमा ३ जनालाई सर्वोकृष्ट सम्मान गरिको थियोे ।


विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई माथिल्लो तह कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा स्वागत, सम्मान र सांस्कृतिक कार्यक्रम गर्ने परिपाटीलाई निरन्तरता दिएकोमा खुसी व्यक्त रहेको विद्यालयका प्रधानध्यापक पशुपति सिग्देलले बताए ।


 “विद्यालयले आफ्नो तर्फबाट पनि विभिन्न शैक्षिक सेमिनारहरु गर्दै आएको छ । यसप्रकारको स्वागत पनि भईसकेको छ । अँझ यसमा विद्यार्थीकै तर्फबाट हुनु गर्वको कुरा हो ।  हामीले शिक्षाका साथै व्यक्तित्व र नेतृत्व विकासका क्लासहरु संचालन गर्दै आएका छौं । उनले भने, हामीले लिएको “सधै उच्च लक्ष्य”लाई विद्यार्थीले आत्मसाथ गरेर अगाडी बढेका छन्, म सबैमा आभार व्यक्त गर्दछु ।” उनले भने ।


कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत, सम्मान र सांस्कृतिक प्रस्तुततिहरु प्रस्तुत गर्ने संस्कारको रुपमा विकास भएको र यसलाई आउने पुस्ताले सिक्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले बताए ।


कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगाल,विद्यालयका प्रधानध्यापक पशुपति सिग्देल , इटहरी वडा नम्बर -२ वडा अध्यक्ष दिवस पोखेल, शिक्षक अभिभावक संघका यसोधा सुवेधि , निर्माण समिति संयोजक रमेश खत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य मन्जु खड्‌का ,जुनु गिरी , विमल नेपाल, विद्यार्थी र विद्यालयका शिक्षकहरूको उपस्थितिमा कार्यक्रम भएको थियोे ।

IMG_20230830_163334

IMG_20230830_163322